शहीद स्मारक ए डिभिजन लिगः बुधवार दुई खेल हुँदै

शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज बुधवार दुई खेलहरु हुँदैछन् ।

शहीद स्मारक ए डिभिजन लिगः बुधवार दुई खेल हुँदै

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज बुधवार दुई खेलहरु हुँदैछन् ।

लिगको चौथो चरण अन्तर्गत बुधवार दुई खेलहरु हुन लागेको हो । जसमा एक खेल च्यासल मैदान र एक खेल दशरथ रंगशालामा हुनेछ ।
च्यासलमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लव र एपीएफ क्लवबीच प्रतिष्पर्धा हुनेछ । विभागीय डर्बी भिडन्त दिउँसो २ः३० बजे शुरु हुनेछ ।
आर्मी आज दोस्रो जितको खोजीमा हुनेछ । 

यस्तै रंगशालामा हुने खेलमा न्युरोड टिम एनआरटी र मनाङ मर्स्याङ्दी क्लवबीच प्रतिष्पर्धा हुनेछ । एनआरटी र मनाङबीचको खेल साँझ ५ः३० बजे शुरु हुनेछ ।

खबरपाटी
खबरपाटी