वेब सर्फर : कर छलीदेखि फर्जी कारोबारसम्मको प्रकरण
७ चैत २०७९, मङ्गलवार
काठमाडौं । आज विश्व उपभोक्ता अधिकार दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष मार्च १५ मा उपभेक्ता अधिकार दिवस मनाउने गरिए पनि उपभोक्ता भने अधिकारबाट बञ्चित छन् ।
हरेक क्षेत्रमा उपभोक्ता ठगीमा पर्ने गरेका छन् । नेपालको संविधानको धारा ४४ मा हरेक उपभोक्तालाई गुणस्तरीय वस्तु र सेवा पाउने हक हुनेछ र गुणस्तरहीन वस्तु वा सेवाबाट कसैलाई हानि पुगेमा क्षतिपूर्ति पाउने हक हुने व्यवस्था छ । वस्तु वा सेवा बजार स्वच्छ, प्रतिस्पर्धात्मक हुने र उपभोक्ता हित संरक्षण गर्ने राज्यको नीति छ ।