हालान्डको पाँच गोलमा सिटी च्याम्पियन्स लिगको अन्तिम आठमा

इर्लिङ हालान्डले नयाँ कीर्तिमान रच्दै पाँच गोल गरेपछि म्यानचेस्टर सिटीले युरोपेली च्याम्पियन्स लिगमा मंगलवार आरबी लाइपजिगलाई ७–० ले हराएको छ ।

हालान्डको पाँच गोलमा सिटी च्याम्पियन्स लिगको अन्तिम आठमा

काठमाडौं । इर्लिङ हालान्डले नयाँ कीर्तिमान रच्दै पाँच गोल गरेपछि म्यानचेस्टर सिटीले युरोपेली च्याम्पियन्स लिगमा मंगलवार आरबी लाइपजिगलाई ७–० ले हराएको छ । यससँगै समग्रमा ८–१ को अग्रता लिँदै सिटी प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको छ । नर्वेली २२ वर्षीय हालान्डले यस सिजन सबै प्रतियोगितामा गरेर ३९ गोल गरिसकेका छन् । उनी युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा ३० गर्ने सबैभन्दा कान्छा खेलाडी पनि भएका छन् ।

खबरपाटी
खबरपाटी