वेब सर्फर : कर छलीदेखि फर्जी कारोबारसम्मको प्रकरण
७ चैत २०७९, मङ्गलवार
काठमाडौं । बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले आगामी वर्ष २०८० जेठ १ गतेबाट बञ्चरेडाँडामा फोहोर फाल्न नदिने चेतावनी दिएको छ। सरोकार समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निवेदन लेख्दै यस्तो चेतावनी दिएको हो। नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हक, अधिकार हनन गरेको र राज्यशक्ति दुरुपयोग गरी उपत्यकाको समग्र फोहोर विसर्जन गरिरहने दुष्प्रयास जारी राखेकाले समितिले घोर बिरोध गरेको छ।