युएईबिरुद्ध टस जितेर पहिला ब्याटिङ गर्दै पपुवान्युगिनी

आईसीसी विश्वकप लिग टु सिरिजको आफ्नो अन्तिम खेलमा पपुवान्युगिनी (पीएनजी) ले पहिला ब्याटिङ गर्ने भएको छ ।

युएईबिरुद्ध टस जितेर पहिला ब्याटिङ गर्दै पपुवान्युगिनी

काठमाडौं ।  आईसीसी विश्वकप लिग टु सिरिजको आफ्नो अन्तिम खेलमा पपुवान्युगिनी (पीएनजी) ले पहिला ब्याटिङ गर्ने भएको छ । 
 त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा बिहान साढे ९ मा शुरु हुने खेलमा पिएनजीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो । 
लिग टु सिरिजमा युएईविरुद्ध पूर्णरुपले हाबी रहेको पीएनजी आजको खेल जितेर विश्वकप लिग टु को यात्रा सुखद् रुपमा समाप्त गर्न चाहन्छ । 

युएई पनि पीएाजी माथी फराकिलो जित निकाल्दै एकदिवसीय मान्यता कायम राख्ने कमजोर सम्भावना जीवितै राख्न चाहन्छ । 

पीएनजीले ३५ खेलमा ५ मा जित २९ मा हार व्यहोरेको छ । पीएनजी ११ अंक जोडेर अंक तालिकाको पुछारमा रहेको छ।

 

खबरपाटी
खबरपाटी