सत्तारुढ दश दलको बैठक निस्कर्षबिहीन

नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीलगायत सत्तारुढ दश दलको बैठक निस्कर्षबिहीन सकिएको छ ।

सत्तारुढ दश दलको बैठक निस्कर्षबिहीन

 काठमाडौं । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीलगायत सत्तारुढ दश दलको बैठक निस्कर्षबिहीन सकिएको छ । 
    
    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका अनुसार बैठकमा यही चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचन र मन्त्रिपरिषद् विस्तारलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।  काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलगायत दश दलभित्रबाटै उपराष्ट्रपतिका लागि तीन जना उम्मेदवार हुनुहुन्छ । 
    
    बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर, नेपाल समाजवादीका अध्यक्ष डा बाबुराम भट्टराई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सीके राउत र आमजनता पार्टीका अध्यक्ष प्रभु शाहलगायत हुनुहुन्थ्यो । बैठक पुनः बिहीवार बस्नेछ । 

खबरपाटी
खबरपाटी