बञ्चरेडाँडामा फोहोर फाल्न सदाका लागि रोक्ने चेतावनी

बञ्चरेडाँडा ल्यान्डफिल साइट फोहोर फाल्ने रोकने चेतावनी दिइएको छ

बञ्चरेडाँडामा फोहोर फाल्न सदाका लागि रोक्ने चेतावनी

काठमाडौँ । बञ्चरेडाँडा ल्यान्डफिल साइट फोहोर फाल्ने रोकने चेतावनी दिइएको छ । बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले सरोकारवाला निकायलाई पत्र पठाउँदै जेठदेखि फोहोर फाल्न रोक्ने चेतावनी दिएको हो ।

समितिका संयोजक श्रीराम ढुंगाना र उपसंयोजक सनत उप्रेतीद्वारा हस्ताक्षरित पत्रमा राज्यशक्ति दुरुपयोग गरी फोहरमैला विसर्जन गरिरहने दुष्प्रयास जारी राखेकोप्रति विरोध जनाइएको छ ।

खबरपाटी
खबरपाटी