वेब सर्फर : कर छलीदेखि फर्जी कारोबारसम्मको प्रकरण
७ चैत २०७९, मङ्गलवार
काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह हेल्दी सिटिज समिटमा भाग लिन बेलायत गएका छन् । उनीसँगै स्वास्थ्य सल्लाहकार डा. जगदीश अग्रवाल, वडा २४ का अध्यक्ष विनोद राजभण्डारी र स्वकीय सचिव भूपदेव शाह पनि गएका छन् ।
बेलायतको लन्डनमा मंगलवारदेखि २ चैतसम्म हेल्दी सिटिज समिट हुँदैछ । ब्लुमबर्ग फिलान्ट्रोपिक र विश्व स्वास्थ्य संगठन आयोजक रहेको सम्मेलनको सहआयोजनामा लन्डन सहरको मेयर रहेका छन् । शिखर सम्मेलनले मेयर र सहरका प्राविधिक कर्मचारीलाई गैरसंक्रामक (नसर्ने खालका रोग) र चोटपटकका कारण मानव स्वास्थ्यमा सिर्जना भएको विश्वव्यापी बोझसँग कसरी लड्ने भन्नेबारे सुझाव दिनेछ । प्रमुख साह ५ चैतमा स्वदेश फर्किनेछन् । यस अवधिका लागि उपप्रमुख सुनीता डंगोललाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिएका छन् ।