काठमाडौं । युएईबिरुद्धको खेलमा नेपालले पहिलो सफलता पाएको छ । स्पिनर ललित राजवंशीले आफ्नो दोस्रो ओभरको पाँचौँ युएईका ओपनर आर्यन लाक्रालाई बोल्ड गरे । घरेलु टोली नेपालले अन्तिम खेलमा युएईलाई पराजित गर्दा जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा सोझै स्थान बनाउनेछ । नेपालले आज टोलीमा एक परिवर्तन गरेको छ । जसमा करण केसीको स्थानमा गुल्शन झालाई राखेको छ । अन्य परिवर्तन नेपालबाट भएको छैन । युएईसँगको खेलमा यसअघिको खेलमा पनि गुल्शनले उत्कृष्ट पारि खेलेका थिए । जसकारण पनि उनले टिममा स्थान बनाएका छन् । नेपालले आजको खेल जिते टेस्ट मान्यता प्राप्त देशसँग खेल्ने भएकाले पनि नेपाललाई यो खेल जित्नैपर्ने दबाब छ ।
२०१९ बाट शुरु विश्वकप लिग टू सिरिजको समेत यो अन्तिम खेल हो । यस ऐतिहासिक खेलमा जित हात पारी नेपाल विश्वकप छनोटमा सोझै स्थान बनाउन चाहन्छ । आईसीसी एकदिवसीय विश्वकप छनोटमा आगामी जुन जुलाईमा जिम्बावेमा आयोजना हुनेछ ।