नेकपा (एकीकृत समाजवादी) का अध्यक्षबाट खेलाडीलाई बधाई

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली क्रिकेट टोली विश्वकप छनोटमा पुगेकामा खुसी व्यक्त गर्नुभएको छ ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्षबाट खेलाडीलाई बधाई

 
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली क्रिकेट टोली विश्वकप छनोटमा पुगेकामा खुसी व्यक्त गर्नुभएको छ ।

    अध्यक्ष नेपालले एक सन्देश जारी गर्दै खेलाडीलाई बधाई दिनुभएको छ । सन्देशमा उहाँले खेलाडीहरूको अथक मेहनतबाट प्राप्त ऐतिहासिक सफलताप्रति खुशी प्रकट गर्दै आगामी प्रतिस्पर्धामा पनि सफलतको शुभकामना व्यक्त गर्नुभएको छ ।

    आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज भएको एकदिवसीय खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई) लाई हराउँदै विश्वकप छनोटमा पुगेको छ ।  रासस

खबरपाटी
खबरपाटी