शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै

डिभिजन लिग फुटबल प्रतियोगितामा आज बिहीबारवाट पाँचौं चरणका खेलहरु शुरु हुँदैछन् ।

शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौं ।  डिभिजन लिग फुटबल प्रतियोगितामा आज बिहीबारवाट पाँचौं चरणका खेलहरु शुरु हुँदैछन् ।

लिगको पाँचौं चरणको पहिलो दिन बिहीवार दुई खेलहरु हुनेछन्। जसमा एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ ।
च्यासलमा हुने खेलमा एफसी खुमलटार र सातदोबाटो युथ क्लवबीच प्रतिष्पर्धा हुनेछ। ललितपुरे डर्बी भिडन्त दिउँसो २ः३० बजे शुरु हुनेछ ।

यस्तै एन्फा कम्प्लेक्समा हिमालयन शेर्पा क्लव र संकटा क्लवबीच प्रतिष्पर्धा हुनेछ । हिमालयन र संकटाबीचको खेल दिउँसो २ः३० बजे शुरु हुनेछ।
 

खबरपाटी
खबरपाटी