युएई भर्सेस नेपालः नेपालबाट एक परिवर्तन

नेपालले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत अन्तिम खेलमा आज युएईसँग खेल्दैछ ।

युएई भर्सेस नेपालः नेपालबाट एक परिवर्तन

काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत अन्तिम खेलमा आज युएईसँग खेल्दैछ । 

खेल बिहान साढे ९ बजे कीर्तिपरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा हुनेछ । नेपालले टस हारेर पहिला बलिङ गर्ने भएको छ । युएईले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेसँगै नेपालले पहिला बलिङ गर्नुपर्ने भएको छ ।  घरेलु टोली नेपालले अन्तिम खेलमा युएईलाई पराजित गर्दा जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा सोझै स्थान बनाउनेछ । नेपालले आज टोलीमा एक परिवर्तन गरेको छ । जसमा करण केसीको स्थानमा गुल्शन झालाई राखेको छ । अन्य परिवर्तन नेपालबाट भएको छैन । युएईसँगको खेलमा यसअघिको खेलमा पनि गुल्शनले उत्कृष्ट पारि खेलेका थिए । जसकारण पनि उनले टिममा स्थान बनाएका छन् । नेपालले आजको खेल जिते टेस्ट मान्यता प्राप्त देशसँग खेल्ने भएकाले पनि नेपाललाई यो खेल जित्नैपर्ने दबाब छ । 
२०१९ बाट शुरु विश्वकप लिग टू सिरिजको समेत यो अन्तिम खेल हो । यस ऐतिहासिक खेलमा जित हात पारी नेपाल विश्वकप छनोटमा सोझै स्थान बनाउन चाहन्छ । आईसीसी एकदिवसीय विश्वकप छनोटमा आगामी जुन जुलाईमा जिम्बावेमा आयोजना हुनेछ । यो जितसँगै नेपालले टेस्ट मान्यता प्राप्त राष्ट्रसँग खेन पाउनेछ । त्यसैले पनि आजको खेल नेपाललाई जित्नै पर्ने दबाब रहेको छ । 

खबरपाटी
खबरपाटी