त्रिवि क्रिकेट मैदानमा दर्शक भीभीआईपी (फोटोफिचर)

आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा यूएईमाथि कीर्तिमानी जित निकाल्दै नेपाल विश्वकप छनोटमा पुगेको छ ।

त्रिवि क्रिकेट मैदानमा दर्शक भीभीआईपी (फोटोफिचर)

 काठमाडौं । आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा यूएईमाथि कीर्तिमानी जित निकाल्दै नेपाल विश्वकप छनोटमा पुगेको छ ।

नेपाल डीएलएस मेथड अनुसार नेपाल ९ रनले विजयी भएको हो । आइसीसी खेल रेफ्रीले खराब भिजिबिलिटी भएका कारण खेल हुन नसक्ने अवस्था भएकाले खेल रोकेको र खेल रोकिएको समयमा नेपाल डिएल मेथड अनुसार ९ रनले अगाडी रहेकाले विजयी घोषित गरेको स्पष्ट गरेका छन् ।

युएईले दिएको ३११ रनको लक्ष्य पुरा गर्दै नेपाल विश्वकप क्वालिफायरमा सिधै छनौट भएको हो । ३११ रनको लक्ष्य पछ्याइरहेको नेपालले ४४ ओभरमा ६ विकेट गुमाउदै २६९ रन बनाएको अवस्थामा खराब लाइट भएको भन्दै एम्पाएरले खेल रोकेपछि डीएल मेथड अनुसार नेपाल विजयी भएको हो ।


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीवार नेपाल र युएईबीचको क्रिकेट खेल हेर्न पुगेका दर्शक र प्रधानमन्त्री सहित उच्च पदस्थ व्यक्तिहरु क्रिकेट हेर्न पुगेको बेलाको यो माहोल । 

 

खबरपाटी
खबरपाटी