लिभरपुललाई हराउँदै रियल क्वाटरफाइनलमा

स्पेनिस क्लव रियल मड्रिड यूईएफए च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

लिभरपुललाई हराउँदै रियल क्वाटरफाइनलमा

 काठमाडौं । स्पेनिस क्लव रियल मड्रिड यूईएफए च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

राउण्ड अफ १६ अन्तर्गत बुधबार राति भएको दोस्रो लेगमा इंग्लिस क्लब लिभरपुललाई १-० गोल अन्तरले हराउँदै समग्रमा ६-२ को जितसहित रियल क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

पहिलो लेगमा रियलले प्रिमियर लिग क्लबलाई ५-२ गोल अन्तरले हराएको थियो । घरेलु मैदानमा भने रियलले साँघुरो जित निकाल्यो ।

दोस्रो लेगमा रियललाई जित दिलाउन करिम बेन्जिमाले निर्णायक गोल गरे ।

करिमले खेलको ७८ औं मिनेटमा गोल गरेका थिए ।

लिभरपुलसँगको खेलसँगै रियलले च्याम्पियन्स लिगमा ३०० खेल पूरा गरेको छ ।

रियल च्याम्पियन्स लिगमा ३०० खेल खेल्ने पहिलो क्लब बनेको छ ।

खबरपाटी
खबरपाटी