लिग टुः नेपाललाई जित्नैपर्ने दबाब

युएईलई पराजित गरे टेस्ट राष्ट्रसँग खेल्न पाउने

लिग टुः नेपाललाई जित्नैपर्ने दबाब

काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत अन्तिम खेलमा आज युएईसँग खेल्दैछ । 

खेल बिहान साढे ९ बजे कीर्तिपरस्थित बिभुवन विश्वविद्यालयको खेल मैदानमा हुनेछ । घरेलु टोली नेपालले अन्तिम खेलमा युएईलाई पराजित गर्दा जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा सोझै स्थान बनाउनेछ ।

२०१९ बाट शुरु विश्वकप लिग टू सिरिजको समेत यो अन्तिम खेल हो । यस ऐतिहासिक खेलमा जित हात पारी नेपाल विश्वकप छनोटमा सोझै स्थान बनाउन चाहन्छ । आईसीसी एकदिवसीय विश्वकप छनोटमा आगामी जुन जुलाईमा जिम्बावेमा आयोजना हुनेछ । यो जितसँगै नेपालले टेस्ट मान्यता प्राप्त राष्ट्रसँग खेन पाउनेछ । त्यसैले पनि आजको खेल नेपाललाई जित्नै पर्ने दबाब रहेको छ । 

खबरपाटी
खबरपाटी