खेल रोकिँदा नेपाललाई फाइदा कि घाटा ?
१८ वैशाख २०८०, सोमवार
काठमाडौं । इटालियन क्लब नापोली यूईएफए च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
राउण्ड अफ १६ अन्तर्गत बुधबार राति जर्मनीको फ्रान्कफुर्टलाई ३-० गोल अन्तरले हराउँदै समग्रमा ५-० को जितसहित नापोली क्वाटरफाइनलमा पुगेको हो ।
पहिलो लेगमा नापोलीले फ्रान्कफुर्टलाई २-० ले हराएको थियो ।
दोस्रो लेगमा नापोलीलाई जित दिलाउन भिक्टर ओसिमहेनले दुई गोल गरे । पिओट्र जेलिनिस्कीले एक गोल थपे ।
पहिलो हाफको इन्जुरी समयमा ओसिमहेनले गोल गर्दै नापोलीलाई अग्रता दिलाएका थिए ।
५३ औं मिनेटमा ओसिमहेनले व्यक्तिगत दोस्रो गोल गर्दा नापोली २-० ले अघि रह्यो ।
त्यसपछि खेलको ६४ औं मिनेटमा जेलिनिस्कीले गोल गर्दै नापोलीलाई ३-० को जित दिलाए ।
नापोली पहिलो पटक च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो ।