पहिरोमा च्यापिएर मृत्यु

सिन्धुलीमा पहिरोमा च्यापिएर एक जनाको मृत्यु भएको छ ।

पहिरोमा च्यापिएर मृत्यु

काठमाडौं । सिन्धुलीमा पहिरोमा च्यापिएर एक जनाको मृत्यु भएको छ । फिक्कल गाउँपालिका–३ खुरहरीमा आफ्नै बारीको ढुङ्गा निकाल्ने क्रममा माथिबाट खसेको पहिरोले च्यापिएर आज दिउँसो उनको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार मृत्यु हुनेमा ३५ वर्षीय टेकबहादुर परियार छन् । पहिराले च्यापिएर सख्त घाइते भएका परियारलाई तीनपाटन गाउँपालिकामा अवस्थित बाहुनतिल्पुङ स्वास्थ्यचौकी पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको थियो । रासस 

खबरपाटी
खबरपाटी