बैतडीमा दुई मिनेटमा दुई भूकम्प

बैतडीमा आज बेलुका लगातार दुईवटा भूकम्प गएका छन् ।

बैतडीमा दुई मिनेटमा दुई भूकम्प

काठमाडौं । बैतडीमा आज बेलुका लगातार दुईवटा भूकम्प गएका छन् । बेलुका ६ बजेर २५ मिनेटमा तीन दशमलव दुई र ६ बजेर २६ मिनेटमा तीन दशमलव पाँच रेक्टर स्केलका भूकम्प गएको हो । 

    दुवै भूकम्पको केन्द्रविन्दु बैतडीको शिखरपुर आसपास रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दाहालले जानकारी दिनुभयो । 

    पछिल्लो समय सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा केन्दविन्दु बनाएर भूकम्प गइरहेको छ । रासस

खबरपाटी
खबरपाटी