काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत अन्तिम खेलमा आज युएईसँग खेल्दैछ ।
खेल बिहान साढे ९ बजे कीर्तिपरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा हुनेछ । नेपालले टस हारे पहिला बलिङ गर्ने भएको छ । युएईले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेसँगै नेपालले पहिला बलिङ गर्नुपर्ने भएको छ । घरेलु टोली नेपालले अन्तिम खेलमा युएईलाई पराजित गर्दा जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा सोझै स्थान बनाउनेछ ।
२०१९ बाट शुरु विश्वकप लिग टू सिरिजको समेत यो अन्तिम खेल हो । यस ऐतिहासिक खेलमा जित हात पारी नेपाल विश्वकप छनोटमा सोझै स्थान बनाउन चाहन्छ । आईसीसी एकदिवसीय विश्वकप छनोटमा आगामी जुन जुलाईमा जिम्बावेमा आयोजना हुनेछ । यो जितसँगै नेपालले टेस्ट मान्यता प्राप्त राष्ट्रसँग खेन पाउनेछ । त्यसैले पनि आजको खेल नेपाललाई जित्नै पर्ने दबाब रहेको छ ।