विश्वकप लिग २ मा तेस्रो स्थान हाँसिल गर्न सफल प्रत्येक खेलाडीलाई ३ लाख दिने सरकारको घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय क्रिकेट टिमका खेलाडी र प्रशिक्षकलाई बालुवाटार बोलाएर सम्मान गरेका छन् ।

विश्वकप लिग २ मा तेस्रो स्थान हाँसिल गर्न सफल प्रत्येक खेलाडीलाई ३ लाख दिने सरकारको घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय क्रिकेट टिमका खेलाडी र प्रशिक्षकलाई बालुवाटार बोलाएर सम्मान गरेका छन् । 
आईसीसी क्रिकेट विश्वकप लिग २ मा तेस्रो स्थान हाँसिल गरी विश्वकप क्वालिफायरमा छनोट हुन सफल राष्ट्रिय क्रिकेट टिमलाई भेटेर प्रधानमन्त्रीले बधाई ज्ञापन गरेका हुन् । साथै उनले प्रतिखेलाडी ३ लाख पुरस्कार दिने घोषणा गरेका छन् ।  
बिहीबार त्रिवि खेल मैदानमा प्रधानमन्त्री दाहाल आफैँ उपस्थित भएर खेलाडीलाई हौसला दिएका थिए । युएईबिरुद्धको सो खेलमा विजयी हुँदै नेपाल विश्वकप क्वालिफायरमा प्रवेश गरेको छ ।  
 

खबरपाटी
खबरपाटी