कलाकार संघको अध्यक्षमा प्यानल सहित रेजिना उप्रेतीको अध्यक्षमा उम्मेदवारी

कलाकार संघको अध्यक्षमा प्यानल सहित रेजिना उप्रेतीको अध्यक्षमा उम्मेदवारी दर्ता

कलाकार संघको अध्यक्षमा प्यानल सहित रेजिना उप्रेतीको अध्यक्षमा उम्मेदवारी

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको नयाँ कार्यसमितिको निर्वाचन भोली (चार) गते हुने भएको छ । अहिले सम्पूर्ण चलचित्र कर्मीकहरुको ध्यान यही चुनावतर्फ रहेको छ ।

यस चुनावमा नायिका रेजिना उप्रेतीले अध्यक्षमा आफ्नो उम्मेदवारी दिएकी छिन् । अस्ति (बुधबार) दिउँसो काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उप्रेतिले आफ्नो समुह भित्रका उम्मेदवारहरुको नाम सार्वजनिक गरेकी थिइन् । उनको समुहमा अध्यक्ष पदको उम्मेदवारीमा उनी आफैं रहेकी छन् । यही समुहको उपाध्यक्ष उम्मेदवारमा शिबहरि नेपाल ‘बैरागी’ र सरिता गिरी दुइ जना रहेका छन् । यसैगरी महासचिवको उम्मेदवारमा पनाह अधिकारी, सचिवको उम्मेदवारमा जीवन थापा र कोषाध्यक्षको उम्मेदवारमा बिनोदकुमार भट्टराई रहेका छन् ।

यस्तै रेजिनाको समुहबाट कार्यसमिति सदस्यहरुको उम्मेदवारमा रञ्जना खड्का (खुस्बु खड्का), खिन्न भण्डारी (भोला) निर्मल स्याङतान (बुद्धिमान(, नितु कोईराला गौतम, दिनेश अवाल, दिलबहादु दोङ (डिबी) इश्वर बल्लभ उप्रेती, भिमसेन बजगाईं, राजकुमार कार्की, लक्ष्मण चौलागाई (खिम्तेकाका(, राजेश गोर्साइं रहेका छन् ।

कार्यक्रममा अग्रज कलाकारहरु मदनदाश श्रेष्ठ, नरेश पौड्याल, अभिनेता रमेश उप्रैती, निर्देशक नारायण पुरी, निर्देशक शोभित बस्नेत, अभिनेत्री पल्पसा डँगोल, गीता नेपाल, सम्राट सापकोटा, सिताराम पोखरेलसहित थुप्रै कलाकारहरुले रेजिनाको टिमलाई जिताउन कार्यक्रममा मार्फ अपिल गरेका छन् ।

अढाई दशकदेखि आफु अभिनेत्रीको रुपमा रहेकी नेपाली चलचित्र क्षेत्रमा कृयाशिल र संघमा दुई पटक उपाध्यक्ष भएर काम गरिसकेका कारण यसपटक अध्यक्षमा आफ्नो समुह सहित उम्मेदवारी दिएको अभिनेत्री रेजिना उप्रेतीको भनाइ छ ।

आफ्नो समुहको चुनावी घोषणपत्र समेत उनले सो कार्यक्रममा सार्वजनिक गर्दै संघमा निर्वाचिन भएको दिनबाटै सुझाब पेटिका राखेर सोही अनुसार काम सुरु गर्ने बताएकी छन् । उनले विभिन्न ११ शिर्षकमा करिब ३० वटा योजनाहरु सो कार्यक्रममा सार्वजनिक गरिन् । आफुहरुले पुरागर्न सक्ने भएकाले यी ३० वटा योजनाहरु सार्वजनिक गरेको पनि उनले बताइन् ।

सो घोषणा कार्यक्रममा उपाध्यक्षका उम्मेदवारद्धय शिबहरि नेपाल बैरागी, सरिता गिरी, महासचिवकी उम्मेदवार पनाह अधिकारी, सचिवका उम्मेदवार जीवन थापा र कोषाध्यक्षका उम्मेदवार बिनोदकुमार भट्टराईले पनि आफ्नो उम्मेदवारीबारे प्रकाश पार्दै संघमा गएपछि गर्ने काम प्रति प्रतिवद्धता जनाएका छन् ।

उनीहरु आफुहरुको समुह एक भएर चुनावमा अघि बढ्ने भन्दै आफुहरुको टिमलाई जिताउन अपिल गरेका छन् ।
नेपाल चलचित्र कलाकार संघको यही ४ चैतमा हुने पदाधिकारी चयनको निर्वाचनमा अभिनेत्री रेजिना उप्रेती र

उनको समुहले सार्वजनिक गरेको घोषणा पत्र यस प्रकार रहेको छ ।

घोषणपत्र
१) कार्यालय ब्यबस्थापन तथा सञ्चालन
– नेपाल चलचित्र कलाकार संघको कार्यालयलाई कलाकार मैत्री बनाउदै सदस्यहरुको गुनासो सुन्ने र समाधान गर्ने डेक्स खडा गरिने छ ।
– संघबाट प्रदान गरिने सिफारिस लगायत विभिन्न कागजात ढिलोमा एक घन्टा भित्र प्रदान गरिने छ ।
– नेपाल चलचित्र कलाकार संघको कार्यसमिति बैठक बस्न हाल अन्यत्र जानुपर्ने समस्यालाई समाधान गर्दै उपयुक्त बैठक कक्ष सहितको कार्यालय स्थापना गर्ने छौं ।
– संघको सम्पूर्ण कार्यक्रमको निमन्त्रणासहित वार्षिक कार्ययोजना र आर्थिक योजनाबारे सम्पूर्ण सदस्यहरुलाई जानकारी दिने छ । यस्ता कार्य पारिदर्शी गराईने छ ।

२) सदस्यता व्यबस्थापन ः
– नेपाल चलचित्र कलाकार संघका सदस्यहरुको सम्पूर्ण विवरण आउने गरी क्युआर कोड अंकित डिजिटल सदस्यता परिचय पत्र (कार्ड) प्रदान गर्ने ।
– संघका सदस्यहरुको परिचयपत्रको क्युआर कोड मार्फत खुल्नेगरी सम्पूर्ण सदस्यको विवरणलाई वेभसाईटमा राख्ने ।

३) संघको वेभसाईट व्यबस्थापन
– नेपाल चलचित्र कलाकार संघको वेभ साईट लामो समयदेखि निस्कृय छ । यसलाई तत्कालै व्यबस्थित गर्ने ।
– संघका विभिन्न सूचना तथा गतिविधिहरु वेभसाईटमा नियमित अपडेट गर्ने ।

४) भवन व्यबस्थापन तथा सञ्चालन
– नेपाल चलचित्र कलाकार संघको हालको भवन काठमाडौंको स्विचाटारमा रहेको यहाँहरुमा विधितै छ । अपायक ठाउँमा रहेको भनिएको यस भवनलाई यथासक्य चाँडो निर्माण सम्पन्न गरेर व्यबस्थित गर्ने छ ।

५) सदस्यहरुको अभिनय बृत्तिविकाश
– यस कलाकार संघका सदस्यहरुको लागि अभिनय क्षमता बृद्धी गर्न आर्धवार्षिक रुपमा साप्ताहिक अभिनय कार्यशाला गरिने छ ।
– संघका सदस्यहरुलाई वार्षिक रुपमा अन्तराष्ट्रिय कलाकारबाट अभिनय कार्यशाला आयोजना सहित प्रशिक्षित गराईने छ ।
– सांस्कृतिक संस्थानले सञ्चालन गर्दै आएको ६ महिने अभिनय डिप्लोमा कोर्षमा कलाकार संघका सदस्यहरुलाई छात्राबृत्तिमा प्रशिक्षणका लागि पहल गरिने छ ।
– नेपालका विभिन्न थिएटरहरुबाट दिईने अभिनय प्रशिक्षणमा सहकार्य गर्दै कलाकार संघका सदस्यहरुलाई प्रशिक्षणमा सहभागिता गराईने छ ।
– ओस्कार फिल्म कलेज, नेपाल फिल्म क्याम्पस जस्ता शैक्षिक संस्था (कलेजहरु)मा अभिनयमा स्नातक गर्न चाहने संघका सदस्यहरुलाई छात्राबृत्तिको लागि संघबाट पहल गरिने छ ।

६) स्वास्थ्य उपचार योजना ः
– नेपालका विभिन्न अस्पतालसँग मिलेर कलाकारलाई वार्षिक रुपमा पूर्ण स्वास्थ्य परिक्षण गराइने छ ।
– नेपालका महत्वपूर्ण सरकारी अस्पतालमा कलाकारहरुको उपचारको लागि कम्तिमा प्रति अस्पताल ५ वटा बेड निःशुल्क गराउने छ । जहाँ पूर्ण रुपमा निःशुल्क उपचारको लागि पहल गरिने छ । निजी अस्पतालमा कलाकारहरुलाई सक्दो सहुलियतमा उपचारको लागि पहल गर्ने ।
– संघका सम्पूर्ण सदस्यका लागि सरकारसँग अत्यन्त कम शुल्कमा वार्षिक स्वास्थ्य उपचार विमाको लागि पहल गरिने छ ।

७) पेन्सन योजना ः
– ७० वर्ष नाघेका आर्थिक अवस्था अत्यन्त नाजुक भएका जेष्ठ कलाकारहरुलाई मासिक भत्ता ९पेन्सन० प्रदान गर्नका लागि संघबाट पहल गरिने छ ।

८) कल्याणकारी कोष बृद्धी योजना
– यस संघका सदस्यहरुको आपतकालिन सहयोगका लागि स्थापित ‘नेपाल

खबरपाटी
खबरपाटी