सत्ता साझेदार १० दलको बैठक शुरु

सत्ता साझेदार १० दलको बैठक बालुवाटारमा शुरु भएको छ । प्रधानमन्त्री निवासमा जारी आजको बैठक सत्ता बाँडफाँट, प्रधानमन्त्रीको विश्वासको मत लगायतको विषयमा छलफल हुने बताइएको छ ।

सत्ता साझेदार १० दलको बैठक शुरु

काठमाडौं । सत्ता साझेदार १० दलको बैठक बालुवाटारमा शुरु भएको छ । प्रधानमन्त्री निवासमा जारी आजको बैठक सत्ता बाँडफाँट, प्रधानमन्त्रीको विश्वासको मत लगायतको विषयमा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री प्रचण्डले यही चैत्र ६ गते विश्वासको मत लिँदैछन् । विश्वासको मत लिएसँगै प्रधानमन्त्रीले सत्ता बाँडफाँडको विषय टुङ्ग्याएर मन्त्रिपरिषद् बिस्तार गर्ने तयारी गरेका छन् । देशको आन्तरिक राजनीति सेटल नहुँदा प्रधानमन्त्रीको भारत भ्रमणको मिति समेत टुंगो लाग्न सकेको छैन ।


 

खबरपाटी
खबरपाटी