वेब सर्फर : कर छलीदेखि फर्जी कारोबारसम्मको प्रकरण
७ चैत २०७९, मङ्गलवार
काठमाडौं । हाल देशभर आँशिकदेखि सामान्य बदली रही देशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भूभागका केही स्थानहरू तथा तराई भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग वा हुरीसहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानहरुमा तथा कोशी प्रदेश, मधेस प्रदेश र वागमती प्रदेशको तराई भू(.भागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।