युरोकप छनोट खेल्ने पोर्चुगलको टिममा रोनाल्डो समावेश

युरोकप छनोट खेल्ने पोर्चुगलको टिममा क्रिस्टियानो रोनाल्डो समावेश भएका छन् ।

युरोकप छनोट खेल्ने पोर्चुगलको टिममा रोनाल्डो समावेश

काठमाडौं । युरोकप छनोट खेल्ने पोर्चुगलको टिममा क्रिस्टियानो रोनाल्डो समावेश भएका छन् ।

मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले युरोकप छनोट खेल्ने टोलीमा रोनाल्डोलाई समावेश गरी टिम घोषणा गरेका हुन् । पोर्चुगलले यसै महिना युरोकप छनोटमा लिक्टेन्सटाइन र लक्समवर्गसँग खेल्दैछ। पोर्चुगलले मार्च २३ मा लिक्टेन्सटाइन र त्यसको तीन दिनपछि लक्समवर्गसँग खेल्नेछ ।

सन् २०२२ को विश्वकपपछि ३८ वर्षीय रोनाल्डोको अन्तर्राष्ट्रिय भविष्यमाथि प्रश्न उठ्दै आएको थियो ।
 

खबरपाटी
खबरपाटी