क्रिस्टल प्यालेसले मुख्य प्रशिक्षक प्याट्रिक भिएरालाई बर्खास्त गर्‍यो

इंग्लिस प्रिमियर लिग क्लव क्रिस्टल प्यालेसले मुख्य प्रशिक्षक प्याट्रिक भिएरालाई बर्खास्त गरेको छ ।

क्रिस्टल प्यालेसले मुख्य प्रशिक्षक प्याट्रिक भिएरालाई बर्खास्त गर्‍यो

काठमाडौं ।  इंग्लिस प्रिमियर लिग क्लव क्रिस्टल प्यालेसले मुख्य प्रशिक्षक प्याट्रिक भिएरालाई बर्खास्त गरेको छ । क्लवले खराब प्रदर्शनलाई निरन्तरता दिएपछि क्रिस्टल प्यालेसले प्याट्रिकलाई बर्खास्त गरेको हो । क्रिस्टलले १२ खेलसम्म जितविहीन यात्रा गरेपछि प्याट्रिक बर्खास्तीमा परेका हुन् । प्रिमियर लिगमा क्रिस्टल २७ अंक जोडेर १२ औं स्थानमा रहेको छ । मार्च महिनामा क्रिस्टलले जित निकाल्न सकेको छैन। फ्रान्सका प्याट्रिकले क्रिस्टलसँग तीन वर्षको सम्झौता गरेका थिए । तर, सम्झौता नसकिदै उनी बर्खास्तमा परेका हुन् ।
 

खबरपाटी
खबरपाटी