काँग्रेस संसदीय दलको बैठक बस्दै

नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दैछ ।

काँग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो १२ बजे बस्ने बैठकमा आजको प्रतिनिधि सभा बैठकमा पार्टीको तयारीबारे छलफल हुने बताइएको छ ।

यसैगरी काँग्रेसले आजै पार्टीको केन्द्रिय कार्यसम्पादन समितिको बैठक पनि बोलाएको छ । सङ्घीय संसद् भवनको शङ्कर हलमा बिहान १०ः३० बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।

खबरपाटी
खबरपाटी