स्ववियु निर्वाचन : देवकोटा क्याम्पसमा प्रदर्शन

स्ववियु निर्वाचन : देवकोटा क्याम्पसमा प्रदर्शन

स्ववियु निर्वाचन : देवकोटा क्याम्पसमा प्रदर्शन

काठमाडौं । पश्चिम नवलपरासीको सुनवलस्थित महाकवी देवकोटा क्याम्पसका विद्यार्थीहरुले प्रर्दशन गरेका छन् । उनीहरुले स्ववियु निर्वाचनको माग गर्दै नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।

नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीले संयुक्तरुपमा प्रदर्शन गर्दै क्याम्पस प्रमुखको पुत्ला समेत जलाएका छन् । स्ववियु निर्वाचन गराउन माग गरे पनि क्याम्पस प्रशासनले वास्ता नगरेको उनीहरुको भनाइ छ ।

अनेरास्ववियु क्याम्पस कमिटी अध्यक्ष विनम भण्डारीले स्ववियु निर्वाचन नगराएर क्याम्पस प्रमुखले राजनीति गरेको आरोप लगाएका छन् । उनले स्व आन्दोलनमा सहभागि जनाउदै उनले यस्तो बताएका हुन् । निर्वाचन नगराउने क्याम्पस प्रमुखले राजीनामा दिनुपर्ने आन्दोलनकारीको माग रहेको छ ।

क्याम्पस प्रशासनले विद्यार्थी परिषद गठन भएको र त्यसलाई नै निरन्तरता दिने भनेको भन्दै विद्यार्थी संगठनहरु आन्दोलित भएका हुन् ।

खबरपाटी
खबरपाटी