प्रधानमन्त्रीलाई विश्वासको मत दिने नदिनेबारे निर्णय गर्न रास्वपाको बैठक जारी

प्रधानमन्त्रीलाई विश्वासको मत दिने नदिनेबारे निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक जारी

प्रधानमन्त्रीलाई विश्वासको मत दिने नदिनेबारे निर्णय गर्न रास्वपाको बैठक जारी

काठमाडौं । प्रधानमन्त्रीलाई विश्वासको मत दिने नदिनेबारे निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक जारी छ । पार्टी कार्यालय बसुन्धरामा जारी बैठकले समसामयिक राजनीतिक घटनाक्रममा छलफल गर्न भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी गरेसँगै रास्वपाले त्यसबारे निर्णय लिन केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसेको प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

रास्वपा सरकारबाट हटे पनि प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको छैन। आगामी वैशाख १० गते चितवन २ मा हुने उपनिर्वाचनलाई ध्यानमा राख्दै रास्वपाले सोमबार प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गर्ने स्रोतले बतायो । रास्वपा सभापति रवि लामिछानेको दोहोरो राहदानी प्रकरणलाई व्यवस्थापन गर्न पनि रास्वपाले सो निर्णय लिन सक्ने बुझिएको छ ।

खबरपाटी
खबरपाटी