वेब सर्फर : कर छलीदेखि फर्जी कारोबारसम्मको प्रकरण
७ चैत २०७९, मङ्गलवार
काठमाडौं । उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन आज राष्ट्रपतिसमक्ष पेस हुँदैछ । निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन पेस गर्ने भएको हो । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ । चैत्र ३ गते सम्पन्न उपराष्ट्रपतिको निर्वाचनमा जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता रामसहायप्रसाद यादव विजयी हुनुभएको थियो ।