नवनिर्वाचित उपराष्ट्रपति यादवद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।

नवनिर्वाचित उपराष्ट्रपति यादवद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । उहाँले सोमवार पद तथा गोपनियताको शपथ लिनुभएको हो । राष्ट्रपति भवन शीतलनिवासमा सोमवार आयोजित विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई शपथग्रहण गराएका थिए ।  यादव चैत्र ३ गते भएको निर्वाचनबाट जउपराष्ट्रपतिमा निर्वाचित भएका थिए ।  

समारोहमा  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की,  पूर्वराष्ट्रपति डा रामवरण यादव, निवर्तमान उपराष्ट्रपति नन्दबहादुर  पुन, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधव नेपाल र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत सहभागी हुनुहुन्थ्यो । 

    यसैगरी समारोहमा उपप्रधानमन्त्री, मन्त्रिगण, सांसद, संवैधानिक निकायका प्रमुखहरू, सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुखहरू, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेताहरू, सञ्चारकर्मीलगायतको उपस्थिति थियो ।

खबरपाटी
खबरपाटी