खेल रोकिँदा नेपाललाई फाइदा कि घाटा ?
१८ वैशाख २०८०, सोमवार
काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिख पराजित भएको छ ।
आईतवार राति भएको खेलमा बायर्नलाई बायर लिभरकुसेनले २-१ गोल अन्तरले पराजित गरेको हो । एक गोलको अग्रता जोगाउन नसक्दा बायर्नले हार व्यहोर्नुपरेको थियो । खेलको २२ औं मिनेटमा जोसुवा किमिचले गोल गर्दै बायर्नलाई शुरुवाती अग्रता दिलाएका थिए । तर, ५५ औं मिनेटमा एक्सेक्वेल पलासिओसले पेनाल्टीमार्फत गोल गर्दै बायरलाई १-१ गोलको बराबरीमा ल्याए । खेलको ७३ औं मिनेटमा एक्सेक्वेलले पेनाल्टीबाटै व्यक्तिगत दोस्रो गोल गर्दै बायरलाई २-१ को जित दिलाए ।