राहदानी विभागले घोडेजात्राको बिदाको दिन पनि सेवा दिने

राहदानी विभागले मङ्गलवार अर्थात् घोडेजात्राको बिदाका दिन पनि आफ्नो सेवा दिने भएको छ ।

राहदानी विभागले घोडेजात्राको बिदाको दिन पनि सेवा दिने

काठमाडौं । राहदानी विभागले मङ्गलवार अर्थात् घोडेजात्राको बिदाका दिन पनि आफ्नो सेवा दिने भएको छ । सरकारले घोडेजात्राका अवसरमा मङ्गलवार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएपनि राहदानी विभागले भने आफ्नो सेवा नरोकिने जनाएको छ । 

    विभागका सूचना अधिकारी खिमानन्द भुसालले मङ्गलवार बिहान १० देखि दिउँसो साढे २ः३०  बजेसम्म विभाग खुल्ने र सेवा प्रदान गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “भोलि मङ्गलवारका लागि आठ सय जनाले राहदानीका लागि फम भरेका र बिदा परेकाले पनि हामीले २ः३० बजेसम्म हाम्रो सेवा दिनेछौँ ।” 

    यसैगरी, विभागले मङ्गलवार बिदाका दिनमा पनि आफ्नो सेवा दिने विषयमा एक सूचनासमेत सार्वजनिक गरिएको छ ।

खबरपाटी
खबरपाटी