कस्तो रहनेछ दिनभरको मौसम ?

हाल देशभर आंशिकदेखि सामान्य बदली

कस्तो रहनेछ दिनभरको मौसम ?

काठमाडौं । हाल देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा  मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। वागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानहरुमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भूभागका केही स्थानहरूमा तथा तराई भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक रहल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको भनाइ छ । 

खबरपाटी
खबरपाटी