नवनिर्वाचित राष्ट्रपति र उप-राष्ट्रपतिले के-के लिन्छन राष्ट्रबाट सेवा सुविधाहरु ?

मासिक तलब बाहेक राष्ट्रपतिले वार्षिक २५ हजार रुपैयाँ पोशाक भत्ता वापत रकम पाउने गरेका छन्

नवनिर्वाचित राष्ट्रपति र उप-राष्ट्रपतिले के-के लिन्छन राष्ट्रबाट सेवा सुविधाहरु ?

काठमाडौं । नेपालमा कुन पदले कति तलब भत्ता खान्छन् यो सबैको चासोको विषय हो । सरकारी जागीरको सेवा सुविधा रुचाउने हामी नेपालीहरुलाई सरकारको तलब भत्ता बारे इछुक्ता धेरै नै रहेको छ । 

अहिले हामी नवनिर्वाचित राष्ट्रपति र उप-राष्ट्रपतिको सेवा सुविधा बारे चर्चा गरौँ । 

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको मासिक तलब एक लाख ५० हजार ४५० रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षमा यो बढेर एक लाख ७७ हजार ५३१ रुपैयाँ कायम भएको छ । 

मासिक तलब बाहेक राष्ट्रपतिले वार्षिक २५ हजार रुपैयाँ पोशाक भत्ता वापत रकम पाउने गरेका छन् । त्यस्तै उनले गर्ने गरेको हरेक भ्रमणको भत्ता पनि छुटाइएको हुन्छ । स्वदेश भित्र भ्रमण गर्दा उनले दैनिक ३ हजार ३ सय रुपैयाँ भत्ता पाउँछन् भने वैदेशिक भ्रमणमा दैनिक २५० डलरका दरले भत्ता पाउने छन् । 

राज्यद्वारा राष्ट्रपतिलाई १९ जना निजी सचिव नियुक्त गरी निजी सचिवालय बनाउने व्यवस्था गरिएको छ भने ७ जना सम्म विज्ञहरु पनि नियुक्ति गरि राख्न पाउने छन् । राष्ट्रपतिको सम्पूर्ण उपचार खर्च बिल अनुसार राज्यले व्यहोर्ने सुविधा पनि दिइएको छ । 

त्यस्तै नेपालको दोस्रो ठूलो पद अर्थात सम्माननीय उप-राष्ट्रपतिको तलब मासिक एक लाख ८ हजार ३० रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षमा बढेर एक लाख २७ हजार ४७५ रुपैयाँ कायम भएको छ । उप-राष्ट्रपतिले वार्षिक पोशाक भत्ता वापत २० हजार रुपैयाँ पाउने गरेका छन् । भ्रमण भत्ता भने राष्ट्रपति र उप-राष्ट्रपतिको समान रहेको छ । स्वदेश भ्रमणमा दैनिक ३ हजार ३ सय पाउँछन् भने वैदेशिक भ्रमणमा दैनिक २५० डलर पाउने गरेका छन् । 

उनले १३ जना सचिवहरु नियुक्ति गरि १३ जनाको निजी सचिवालय बनाउँन पाउँछन् भने ५ जना विज्ञहरु पनि नियुक्त गर्न पाउँछन् । राष्ट्रपति जस्तै उप-राष्ट्रपतिको पनि उपचार खर्च राज्यले बिलअनुसार भुक्तानी गर्ने व्यवस्था रहेको छ ।  त्यस्तै प्रधानमन्त्रीको तलब भने मासिक ९१ हजार १९० रुपैयाँ कायम गरिएको छ । 

खबरपाटी
खबरपाटी