वेब सर्फर : कर छलीदेखि फर्जी कारोबारसम्मको प्रकरण
७ चैत २०७९, मङ्गलवार
काठमाडौं । सत्तारुढ दलहरुले सरकारलाई पूर्णता दिन आजदेखि छलफल शुरु गर्ने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिएसँगै १० दलीय गठबन्धनले आजबाट सरकार बिस्तारका लागि पहल गर्ने भएका हुन् । नेपाली काँग्रेससहितका सत्ता गठबन्धनका दलहरुले प्रधानमन्त्रीले विश्वासको मत लिएसँगै सरकारलाई पूर्णता दिने बताएका थिए । प्रधानमन्त्री दाहालले पनि यसअघि नै आफूले विश्वासको मत लिएसँगै सरकार बिस्तारको काम अघि बढ्ने बताएका थिए ।