यस्तो हुनेछ आज दिनभर देशभरको मौसम

हाल  कोशी र मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली

यस्तो हुनेछ आज दिनभर देशभरको मौसम

 काठमाडौं । हाल  कोशी र मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भूभागमा आँशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो दिउँसो  देशभर आँशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरूमा र देशका बाँकी भूभागका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज राति देशका पहाडी भूभागमा आँशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आँशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ।
 

खबरपाटी
खबरपाटी