इटहरी गोल्डकपः त्रिभुवन आर्मी क्लव सेमिफाइनलमा प्रवेश

राष्ट्रिय जागृति क्लवको आयोजनामा जारी १३औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपमा त्रिभुवन आर्मी क्लव सेमिफाइनलमा प्रवेश गरेको छ ।

इटहरी गोल्डकपः त्रिभुवन आर्मी क्लव सेमिफाइनलमा प्रवेश

 काठमाडौं । राष्ट्रिय जागृति क्लवको आयोजनामा जारी १३औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपमा त्रिभुवन आर्मी क्लव सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको अन्तिम क्वार्टरफाइनल खेलमा आर्मीले झापाको रोलिङ क्लवमाथि ४–१ को फराकिलो जित कायम गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल भएको हो । त्रिभुवन आर्मीको जितमा दीपक गुरुङ, जिलेस्पिजङ्ग कार्की, सुदिल राई र पदम मोक्ताङले गोल गरेका थिए । 

पराजित रोलिङ क्लवका लागि विदेशी खेलाडी डेडी वाम्बाले पेनाल्टीमार्फत खेलको ६४औँ मिनेटमा एक गोल फर्काए ।

      खेलको शुरुवात चरणबाटै झापालाई दवाबमा राखेको आर्मीले तेस्रो मिनेटमा अग्रता बढायो  । पहिलो हाफमा दुई गोलको अग्रता बनाएको आर्मीले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । आर्मी ४–१ गोल अन्तरको स्पष्ट जितसहित सेमीफाइनल प्रवेश गर्न सफल भएको  हो ।

खेलको म्यान अफ द म्याच आर्मीका कप्तान जिलेस्पीजङ्ग कार्की घोषित भए । उनले नगद १० हजार पाए ।

आजको अन्तिम क्वार्टरफाइनल खेलसँगै इटहरी गोल्डकपको क्वार्टरफाइनल समीकरण यात्रा पूरा भएको छ । भोलि बुधबारको पहिलो सेमिफाइनल खेल साविक विजेता सगरमाथा युथ क्लब सुन्दरहरैँचा तथा ए डिभिजन क्लव मछिन्द्रबीच हुने आयोजक क्लबका अध्यक्ष सन्तबहादुर डुम्जनले जानकारी दिनुभयो ।

मछिन्द्रले कञ्चनजङ्ग फुटबल क्लब भारतलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।  सगरमाथाले एभिनियर फुटबल क्लब क्यामरुनलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ । 

शनिबार हुने फाइनल खेल विजेताले नगद  १० लाख तथा उपविजेताले रु पाँच लाखका साथै ट्रफी र मेडल पाउने आयोजकले जनाएको छ । 
 

खबरपाटी
खबरपाटी