वेब सर्फर : कर छलीदेखि फर्जी कारोबारसम्मको प्रकरण
७ चैत २०७९, मङ्गलवार
काठमाडौं । वैशाख १० गते हुने उपनिर्वाचनको विषयमा छलफल गर्न जनता समाजवादी पार्टी, नेपालले पार्टी कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
बुधवार बालकुमारीस्थित पार्टी कार्यालयमा दिउँसो १ बजे कार्यकारिणी समितिको बैठक बस्ने गरी आह्वान गरिएको हो । बुधवारको बैठकमा वैशाख १० गते प्रतिनिधि सभाअन्तर्गत ३ वटा निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारी लगायतका विषयमा छलफल हुने जनाइएको छ । उपचुनावका लागि चैत २० गते उम्मेदवारी दर्ता गराउने कार्यतालिका तय भएको छ ।