ओजिलले लिए फुटबलबाट सन्यास

जर्मनीका पूर्व मिडफिल्डर मेसुट ओजिलले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका छन् ।

ओजिलले लिए फुटबलबाट सन्यास

काठमाडौं । जर्मनीका पूर्व मिडफिल्डर मेसुट ओजिलले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका छन् ।

ओजिलले ३४ वर्षको उमेरमा फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका हुन् ।

आर्सनल र रियल मड्रिडका पूर्व मिडफिल्डर ओजिलले सामाजिक सञ्जालबाट सन्यास घोषणा गरेका हुन् ।

ओजिलले पछिल्लो समय टर्किस क्लब इस्तानबुल बासाकसेहिरबाट खेलिरहेका थिए ।

ओजिलले अन्तराष्ट्रिय फुटबलबाट भने २०१८ मै सन्यास लिएका थिए ।

खबरपाटी
खबरपाटी