फिल्म फेस्टिभलमा ‘प्रबोध’ उत्कृष्ट

तेस्रो काठमाडौं रोड सेफ्टी फिल्मा फेस्टिभल सम्पन्न

फिल्म फेस्टिभलमा ‘प्रबोध’ उत्कृष्ट

काठमाडौँ । नासा फाउन्डेसन नेपालको आयोजना, ग्लोबल एलाइन्सको सहयोग र इन्टरनेसनल अटोमोबाइल फेडेरेसनसँगको आवद्धतामा तेस्रो काठमाडौं रोड सेफ्टी फिल्मा फेस्टिभल सम्पन्न भएको छ ।

नेपाल अटोमोबाइल्स एसोसीएसन (नासा) सँगको सहकार्यमा सम्पन्न उक्त फेस्टिभलमा कुल उत्कृष्ट नौवटा सर्ट फिल्मले सहभागिता जनाएका थिए । जसमध्ये गणेश उपाध्यायद्वारा निर्देशित फिल्म ‘प्रबोध’ उत्कृष्ट फिल्म बन्न सफल भएको थियो । कृष्ण शाहद्वारा निर्देशित फिल्म ‘मम ड्याड गिफ्टेड’ दोस्रो र विवेक थापाद्वारा निर्देशित ‘इन्फ्लुएन्स्ड’ नामक सर्ट फिल्म तेस्रो बन्न सफल भएको थियो ।

मोटरसाइक्लिङ सेफ्टी थिममा आयोजना गरिएको फेस्टिभलका बिजेता फिल्मलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार नगदसहित शिल्ड, सर्टिफिकेट र युएन मान्यताप्राप्त सुरक्षित हेल्मेटसमेत प्रदान गरियो ।

कलाकार आरपी पन्तको संयोजकत्वमा रेजिना उप्रेती, रामशरण पाठक, ई. आशिष गजुरेल र नविन निरौला सम्मिलित जुरी टिम गठन गरिएको थियो । फेस्टिभलमा विनोद पाण्डे निर्देशित ‘लोकल चिया’ लाई ‘स्पेशल जुरी अवाड’ प्रदान गरियो ।

कार्यक्रममा सुदुर पश्चिम प्रदेश सभा सदस्य शिवसिंह ओली, यातायात व्यवस्था विभागका निर्देशक रामचन्द्र कंडेल, भौतिक पूर्वाधार तथा यातायायत मन्त्रालयका उपसचिव शुरेश श्रेष्ठ, नेशनल रोडसेफ्टी काउन्सिल नेपालका सरोजकुमार प्रधान, नेपाल ट्राफिक प्रहरीका एसपी अभिनारायण काफ्ले, नासा नेपालका अध्यक्ष दशरथ रिसाल, नेशनल एलाइन्स फर रोडसेफ्टीका डा. बुलन्द थापालगायतले आफ्नो मन्तव्य राख्नुका साथै विजयी तथा सहभागी फिल्महरुलाई शिल्ड, सर्टिफिकेट तथा पुरस्कार रकम प्रदान गरेका थिए ।

खबरपाटी
खबरपाटी