वेब सर्फर : कर छलीदेखि फर्जी कारोबारसम्मको प्रकरण
७ चैत २०७९, मङ्गलवार
काठमाडौं । हाल देशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । त्यस्तै आज राति लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशहरुमा सामान्य बदलीका साथै गण्डकी, वागमती र कोशी प्रदेशहरुका पहाडी भूभागमा आंशिक बदली तथा देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भू(भागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।