वेब सर्फर : कर छलीदेखि फर्जी कारोबारसम्मको प्रकरण
७ चैत २०७९, मङ्गलवार
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल किसान महासङ्घमा १७ सदस्य मनोनयन गरिएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले गणेशचन्द्र तिमिल्सिनाको अध्यक्षतामा गठित नेपाल किसान महासङ्घ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा उहाँहरुलाई आज मनोनयन गर्नुभएको हो ।
समितिको सदस्यमा आदर्शविक्रम कार्की, महेन्द्रभक्त अधिकारी, प्रभात आले, नम्रता बराल, प्रेमबहादुर घले, ईश्वर गिरी, डा जितु उपाध्याय, भवानी कोइराला, विश्वराज घिमिरे, धीरेन्द्र साह, कालु मेचे, जनार्दन अर्याल, विवेकानन्द झा, ऋचा लुइँटेल, रमेश रावल, मनोज थापा र विश्वनाथ दाहाल मनोनीत हुनुभएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । रासस