आजको मौसमः देशभर कस्तो ?

हाल पहाडी भूभागहरूमा आंशिक बदली भई बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।

आजको मौसमः देशभर कस्तो ?

काठमाडौं । हाल पहाडी भूभागहरूमा आंशिक बदली भई बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानहरुमा  मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । आज राति गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिमसहित  बाँकी प्रदेशका पहाडी भूभागमा सामान्य बदली रही अन्य भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भूभागका एक(दुई स्थानमा  मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

खबरपाटी
खबरपाटी