चौँरीपालन व्यवसायलाई संरक्षण गर्नुपर्ने माग

नेपाल डेरी एशोसिएशनले चौँरीपालन व्यवसायलाई सरकारले संरक्षण गर्नुपर्ने माग गरेको छ ।

चौँरीपालन व्यवसायलाई संरक्षण गर्नुपर्ने माग

काठमाडौं । नेपाल डेरी एशोसिएशनले चौँरीपालन व्यवसायलाई सरकारले संरक्षण गर्नुपर्ने माग गरेको छ । एशोसिएशनले यहाँ आज आयोजना गरेको चौँरीपालन व्यवसायसम्बन्धी अन्तरक्रियामा एशोसिएशनका अध्यक्ष प्रह्लाद दाहालले चौँरी, याकपालन व्यवसायलाई सरकारले संरक्षण गर्दै व्यवस्थित बनाउँदा पर्यटन व्यवसाय फस्टाउन सक्ने बताउनु भयो । 
    
नेपालका २५ हिमाली जिल्लामध्ये १५ जिल्लामा चौँरीपालन हुन्छ । देशभर करिब ११ हजार पाँच सय २७ चौरी गाई रहेको तथ्याङ्क छ । चौँरी चराउन ३२/३५ सय मिटरको उचाइमा लगिन्छ । कृषि विज्ञ लालकुमार केसीले चौँरीको दूधबाट उत्पादन हुने छुर्पी र चिज विदेशमा महँगो मूल्यमा निर्यात हुँदा विदेशी मुद्राआर्जन हुने बताउनु भयो । रासस

खबरपाटी
खबरपाटी