वेब सर्फर : कर छलीदेखि फर्जी कारोबारसम्मको प्रकरण
७ चैत २०७९, मङ्गलवार
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठकले उपनिर्वाचनका लागि आज उमेदवारको टुंगो लगाउनेछ ।
बारा क्षेत्र नम्बर–२, चितवन–२ र तनहुँ–१ मा आउँदो वैशाख १० गते उपनिर्वाचन हुँदैछ । त्यसका लागि यही चैत २० गते उमेदवारको मनोनयनपत्र दर्ता गर्ने निर्वाचन आयोगको कार्यतालिका छ । कार्यतालिका अनुसार पार्टीको सचिवालय बैठक बसेर उमेदवार टुंगो लगाउने बताइएको छ ।