चितवन र तनहुँमा खनाल र न्यौपानेलाई उम्मेदवार बनाउने एमालेको निर्णय

नेकपा (एमाले) ले आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ ।

चितवन र तनहुँमा खनाल र न्यौपानेलाई उम्मेदवार बनाउने एमालेको निर्णय

काठमाडौं । नेकपा (एमाले) ले आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ । 

आज पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले तनहुँ १ मा सर्वेन्द्र खनाल, चितवन(२ मा रामप्रसाद न्यौपानेललाई उठाउने निर्णय गरेको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । प्रदेश र जिल्ला कमिटीको सिफारिसका आधारमा उहाँहरु दुवैलाई उम्मेदवार बनाउने निर्णय भएको उहाँको भनाइ छ । 

बारा २ मा भने को उम्मेदवार बनाउने भन्ने विषयमा थप छलफल गर्नुपर्ने तत्काल निर्णय नगरिएको उहाँको भनाइ छ । उहाँले उक्त निर्वाचन क्षेत्रमा भोलिसम्ममा उम्मेदवार तय गर्ने बताउनुभयो ।

उपमहासचिवसमेत रहनुभएका नेता गुरुङले कम्युनिष्ट पार्टी स्थापना भएको ७५ वर्ष पुगेको अवसरमा पार्टीले वर्षभरि कार्यक्रम बनाएर मनाउने निर्णय गरेको बताउनु भयो । 

खबरपाटी
खबरपाटी