शहीद स्मारक ए डिभिजनः आज दुई खेल

शहीद स्मारक ए डिभिजन लिग फुटबलको छैटौं चरणका खेलहरु आजबाट शुरु हुँदैछन् ।

शहीद स्मारक ए डिभिजनः आज दुई खेल

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलको छैटौं चरणका खेलहरु आजबाट शुरु हुँदैछन् । सोमवार दुई खेलहरु हुँदैछन् । जसमा एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुने भएको छ । च्यासल मैदानमा दुई विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लवबीच प्रतिष्पर्धा हुनेछ। खेल दिउँसो २ बजे हुनेछ । एपीएफ आज तेस्रो जितको खोजीमा हुनेछ । एपीएफ ७ अंक जोडेर छैटौं स्थानमा रहेको छ । पुलिस लिगमा पहिलो जितको खोजिमा हुनेछ । पाँचौं चरणसम्म जित बिहीन पुलिस पहिलो ३ अंकको योजनामा रहेको छ । पुलिस १ अंक जोडेर पुछारमा रहेको छ ।

यस्तै एन्फा कम्प्लेक्समा संकटा क्लव र एफसी खुमलटारबीच प्रतिष्पर्धा हुनेछ । संकटा र खुमलटारबीचको खेल दिउँसो २ बजे शुरु हुनेछ ।

खबरपाटी
खबरपाटी