निष्पक्ष निर्वाचनको माग राख्दा बाम्बार नेविसंघमाथि आक्रमण ,पुनः निर्वाचन गराउन कांग्रेको माग

पुनः निर्वाचन गराउन नेविसंघले क्याम्पस प्रमुखलाई ध्यानकर्षण

निष्पक्ष निर्वाचनको माग राख्दा बाम्बार नेविसंघमाथि आक्रमण ,पुनः निर्वाचन गराउन कांग्रेको माग

काठमाडौं । रामपुर कृषि क्याम्पस, खैरहनी, चितवनमा स्ववियु निर्वाचनमा धाधली भएको भन्दै पुनः निर्वाचन गराउन नेविसंघले क्याम्पस प्रमुखलाई ध्यानकर्षण गराएको छ । गत चैत्र १७ गते निर्वाचन समितिका संयोजकले क्याम्पसमा क्रियाशील नेपाल विद्यार्थी संघ लगायत अन्य विद्यार्थी संस्थासँग समन्वय नगरी एकलौटी तवरले

मतदान गराएर नतिजा घोषणा गरेपछि नेविसंघले स्वतन्त्र ,निष्पक्ष निर्वाचन गराउन माग गरेको हो । अदृश्य निर्वाचन गराएपछि पुनः निर्वाचन गराउन र दोषीलाई कारवाहीको माग गर्दै क्याम्पस प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएपछि नेपाल विद्यार्थी संघ रामपुर क्याम्पस, खैरहनीका का.वा. सभापति एवं स्ववियु सचिव पदका उम्मेदवार विवेक अर्यालमाथि क्याम्पस हाताभित्रै आक्रमण भएको छ । सो आक्रमणबाट अर्याल गम्भीर घाइते भएका छन् । उक्त घटनाप्रति नेपाली कांग्रेसले घोर भत्र्सना गरेको छ ।

चैत्र १७ गते नै उक्त अवैधानिक निर्वाचनको विरोधमा क्याम्पस प्रशासनको ठाडो आदेशमा प्रहरीले निर्मम तवरले पिट्दा, नेपाल विद्यार्थी संघका तर्फबाट स्ववियु सभापतिका उम्मेदवार आशिष जैसी देवकोटा र निवर्तमान ईकाई अध्यक्ष सुरज यादव गम्भीर घाइते भएका थिए ।

सो आक्रमणबाट घाइते भएका देवकोटा, यादव र अर्यालको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ ।उक्त घटनाको यथार्थ छानविन गरी अवैधानिक रुपमा गरिएको निर्वाचन रद्द गरी पुनः निर्वाचन गराउन सम्बद्ध सबै पक्षसँग नेपाली कांग्रेसले जोडदार माग गरेको छ । साथै, घाइते विद्यार्थीहरुको उचित उपचारको प्रबन्ध गर्न पनि कांग्रेसले माग राखेको छ ।

खबरपाटी
खबरपाटी