संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै

संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्ने भएको छ ।

संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । बैठक शुक्रवार दिउँसो १ बजेबाट सञ्चालन हुनेछ । प्रतिनिधि सभाको आजको बैठकमा सरकारले बिहीवार सार्वजनिक गरेको सरकारको न्युनतम साझा कार्यक्रमका विषयमा छलफल हुनेछ । सत्तारुढ १० दलीय गठबन्धनले बिहीवार सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गरेका थिए । जसमा प्रधानमन्त्री पुष्पकमल दाहालले न्युनतम साझा कार्यक्रम ५ वर्षका लागि भएको बताउनुभएको थियो । उहाँले न्युनतम साझा कार्यक्रम अहिलेसम्मकै उत्कृष्ट रहेकोसमेत दाबी गर्नुभएको थियो । तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने सरकारको न्युनतम साझा कार्यक्रम संसदको विषय नबनाइएको भन्दै आपत्ति जनाएको छ । 

खबरपाटी
खबरपाटी