चाँडै प्रदेश सरकारमा सहभागी हुन्छौँः अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी प्रदेश सरकारमा चाँडै सहभागी हुने बताउनुभएको छ ।

चाँडै प्रदेश सरकारमा सहभागी हुन्छौँः अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी प्रदेश सरकारमा चाँडै सहभागी हुने बताउनुभएको छ । 

आज पार्टी निकट प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनमा सम्बोधन गर्नुहुँदै उहाँले सङ्घीय सरकारमा सत्तारुढ गठबन्धनमा रहेको र प्रदेश सरकारमा पनि छिट्टै सहभागी हुने बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रा पनि मन्त्रीहरु हुनुहुन्छ । गठबन्धन दलमा हामी पनि सामेल भएका छौँ । केन्द्रमा पनि हामी समेल छौँ । अब विस्तारै हामी प्रदेश प्रदेशमा पनि सरकारमा सहभागी हुने छौँ ।” 

यसैगरी अध्यक्ष नेपालले शिक्षक सङ्गठनले पार्टीसँग समन्वय गरेर शक्ति वृद्धि गरेर दबाब सिर्जना गर्ने काममा अगाडि बढ्नसमेत आग्रह गर्नुभयो । राज्यले शिक्षा क्षेत्रलाई धेरै महत्व दिनुपर्ने उहाँको भनाइ थियो । 

शिक्षकको मर्यादा र जीवनस्तर राम्रो बनाउन विशेष लगानी गर्नुपर्ने अध्यक्ष नेपालले बताउनुभयो । उहाँले कुनै पनि बालबालिकालाई विद्यालय बाहिर राख्न नहुने र सबैले कम्तीमा पनि १२ कक्षासम्म पढ्न सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभएको थियो । रासस

खबरपाटी
खबरपाटी